जोर्डनसँग पराजित भएपछि नेपालकाे विश्वकप खेल्ने सपना चकनाचुर

191

काठमाडौं । विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो सातौँ खेलमा नेपालले जोर्डनसँग ३-० गोलको हार ब्यहोरेको छ। ।

कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा १-० गोलले अगाडि रहेको जोर्डनले मध्यान्तरपछि दुई गोल थपेको थियो। । जोर्डनले २४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो। रोहित चन्दले डीबक्सभित्र ब्याक ट्याकल गर्दै लडाएपछि जोर्डनलाई पेनाल्टी प्रहारको अवसर दिइएको थियो। जोर्डनले ४९ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो, फ्रिकिक गोलमा। सुरुका दुवै गोल कप्तान बहा फैजलले गरेका थिए। जोर्डनले ६७ औँ मिनेटमा तेस्रो गोल थपेको थियो।

नेपालका गोलरक्षक किरणकुमार चेम्जोङले थुप्रै आक्रमण विफल बनाए। समूह ‘बी’मा ६ खेलबाट १३ अंक भएको जोर्डन तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको अस्ट्रेलियाको ५ खेलबाट १५ अंक छ। कुवेतको ६ खेलबाट १० अंक छ। नेपाल सात खेलबाट ६ अंकसहित चौथो स्थानमा छ। नेपालले अन्तिम खेलमा जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्ने छ। नेपालले समूहमा चाइनिज ताइपेईविरुद्ध दुवै खेल जितेको थियो भने अन्य सबै खेलमा हार ब्यहोरेको छ। जोर्डनसँग भएको पहिलो खेलमा पनि ३-० गोलले पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here