प्रभु बैंकले निष्कासन गरेकाे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र आज अन्तिम दिन

62

 काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ ।

बैंकले ४ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १६ लाख कित्ता सर्बसाधारणलाई र २४ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १६ लाख कित्ता मध्ये २५ सय कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिसकिएको बैंकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here