काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ । अवस्था सामान्य भएको भए हिजो (मंगलबार) देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो ।
प्रत्येक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार राष्ट्रिय जनगणना तोकिएको मितिमा हुन नसकेको यो पहिलो घटना हो ।
















