सुनको भाउ सामान्य बढ्याे

83

काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ भने चाँदी दुबैको भाउ घटेको छ। आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ३०० र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here