आफू मन्त्री नरहँदा पनि देशको सेवामा सधैँ लागिरहने

6

काठमाडौं । निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सदैब कटिबद्ध रहने जनाउनुभएको छ । मन्त्रालयलले बुधबार  सिंहदरबारमा गरेको बिदाइ कार्यक्रममा उहाँले आफू मन्त्री नरहँदा पनि नागरिक र देशको सेवामा सधैँ लागिरहने जनाउनुभएको हो ।
आफ्नो पाँच महिने कार्यकालमा मन्त्रालयमा रहेर विभिन्न विकासका काम भएको स्मरण गर्दै उहाँले नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने काम तत्काल गर्न समेत कर्मचारीलाई आग्रह  गरेे । विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारसँगै कर्मचारी पनि लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा आलेले आफूलाई विश्वास गरेर जनताको सेवा गर्ने मौका दिएकामा नेकपा ९एमाले० का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा मन्त्रालयका सचिव डा प्रेमनारायण कडेँललगायतका कर्मचारीले निवर्तमान मन्त्री आलेसँग काम गर्दा निकै सौहार्दपूर्ण भएको जनाउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here