नबिल बैंकले ऋणपत्र निष्काशन गर्न पायो

68

काठमाडौं । नबिल बैंकलाई नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । नबिल बैंकलाई ८ प्रतिशत ब्याजदरको रू ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।

जसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here