नवनियुक्त स्वास्थ्य मन्त्री तामाङले गरे आफ्नो सम्पत्ति सार्वजनिक

111

काठमाडौं ।  नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ। काठमाडौं सहित देशका विभिन्न १४ ठाउँमा तामाङको जग्गा रहेको छ।

मन्त्रीले उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा रहेको जग्गाको रहेको विवरण छ।  तामाङको  नाममा भने काठमाडौँ र सिन्धुपाल्चोकमा जग्गा रहेको छ। काठमाडौँको गोकर्णेश्वरमा घरसहितको जग्गा छ। सम्पत्ति विवरण अनुसार उनीसँग २२ तोला सुन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here