सातै वटा प्रदेशमा खोप अभियान

158
Young Israelis receives a Covid-19 vaccine injection, at Clalit Covid-19 vaccination center in Holon, February 4, 2021. Photo by Chen Leopold/Flash90 *** Local Caption *** נגד נגיף הקורונה ארנה קורונה חיסון מורה חינוך כללית אזרחים חולון חיסונים

काठमाडौं । सरकारले मंगलबारदेखि सातै वटा प्रदेशमा खोप अभियान शुरू गरेको छ । तर, कतिपय ग्रामीण भेगका स्वास्थ्य चौकीहरूमा केवल २०, २५ र २७ मात्रा खोप पठाएर स्वास्थ्य क्षेत्रकै बदनामी गरेको भन्दै खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् ।

काभ्रेका एक स्वास्थ्यकर्मीले समाचारपत्रसँग कुरा गर्दै खोप लगाउन खटिएका स्वास्थ्यकर्मीको अपमान गर्ने कार्य भएको भन्दै दुखेसो पोखेका छन् । तर, सरकारले भने यसअघि पहिलो मात्रा भेरोसेल खोप लिई दोस्रो मात्रा लगाउन छुटेकालाई पनि खोप लगाइदिन समेत निर्देशन दिएको छ ।

सरकारको शुरूको निर्देशनअनुसार ६० वर्ष माथिका नागरिकलाई खोप लगाउन आउन सूचना जारी गरिसकेको अवस्थामा खोप केन्द्रमा ६० वर्षदेखि ६४ वर्षसम्मका नागरिकको घुईंचो लागि रहेको अवस्थामा २५ मात्रा मात्रै खोप प्राप्त भएपछि केही समय खोप कार्यक्रम सञ्चालनमै अप्ठ्यारो परेको नमोबुद्ध नगरपालिका स्यामपाटीका स्थानीयले बताएका छन् । उनीहरूका अनुसार नागरिक आफैंले नगरपालिकामा फोन गरी भोलि खोप पठाइने आश्वासन पाएपछि मात्र खोप कार्यक्रम सञ्चालन गर्न दिइएको थियो ।

गर्न नसक्ने काममा सरकारले यसरी जनतालाई आशा देखाएर निराशा बनाउनु नहुने ईपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा।बाबुराम मरासिनी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ—‘सरकारले जनतालाई खोप दिने विषयमा पहिलो चरणमा भारतसँग सिमाना जोडिएका जिल्ला र जोखिम क्षेत्रलाई लक्षित गरि वितरण गरेको भए यति धेरै समस्या पनि हुने थिएन र तोकिएको उमेर समूहका नागरिक निश्चित जिल्लामा पूर्ण खोपयुक्त हुँदै गर्दा अर्को क्षेत्र तोकी खोप ल्याउने कार्यलाई निरन्तरता दिँदै जानुपर्नेमा खोपजस्तो मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषयमा सरकारले बिना योजना कनिका छरेझै गर्नुहुँदैन थियो ।’

सरकारले सोमबार ७ वटै प्रदेशका ६० देखि ६४ वर्षका नागरिकलाई मङ्गलबारदेखि चीन सरकारको सहयोगमा प्राप्त कोरोना विरुद्धको भेरोसिल नामक खोप दिने भनेर तालिका सार्वजनिक गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here