न्यायालय सुधार गर्न मैले जिम्मा लिए : प्रधानन्यायाधीश राउत

45

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफूले न्यायालय सुधारको जिम्मा लिएको जनाएका छन्।

नेपालको हरेक क्षेत्रमा सुधारको आवश्यकता रहेको औंल्याउँदै न्यायालय सुधारको नेतृत्व आफूले गर्ने प्रतिबद्धता जनाएका हुन्। बुधबार कान्तिपुर कन्क्लेभ- २०२४ मा धारणा राख्दै राउतले अरु क्षेत्रमा सुधारको जिम्मा लिन आग्रह गरे।

‘न्यायपालिकाको जिम्मा म लिन्छु। मैले भनिसकेँ। राज्यको चौथो अंगको जिम्मा कस्ले लिन्छ? अरु क्षेत्रको जिम्मा कसले लिन्छ। अरुले जिम्मा लिने कि नलिने भन्ने कुरा मसँग सरोकार राख्दैन। तर मेरो ठाउँको जिम्मा चाहिँ म लिन्छु,’ राउतले भने।

उनले नेपालमा बौद्धिक छलफल भए परिणाम मुखी काम भने हुन नसकेको जिकिर गरे। परिणाममुखी काम नै अहिलेको देशको आवश्यकता रहेको उनको भनाइ छ।

सिंहले भने,’मुलुकले बौद्धिक छलफल मात्रै होइन। रिजल्ट खोज्यो। तपाईं परिणाम दिनुहुन्छ। विश्वास जन्मिन्छ। त्यो विश्वास हाम्रा सुकर्म र सत प्रयासबाट आउँछ। हामी परिणममुखी हुनै पर्छ नत्र निराशामाथि हामीले परिणाम निकाल्न सक्दैनौँ। दराजमा प्रतिवेदन थन्क्याउने कामले हामीलाई कतै पुर्याउँदैन।’

न्यायपालिका सुधारका लागि बनेका धेरै प्रतिवेदन थन्किएको अवस्थामा सिंहले अब त्यस्तो अवस्थाको अन्त्य हुने संकेत गरे। राष्ट्रिय जीवन कमजोर बन्द सही गलत छुट्याउन नसकिने अवस्था बनेको उल्लेख गरे।

उनले भने, ‘हामीले सहीलाई सही र गतललाई गलत भन्न सकिरहेका छैनौँ। त्यो कहिले सकिएला? प्रचुर निष्ठा भए भने सहीलाई सही गलतलाई गलत भन्ने सामर्थ्य आउने छैन। गलतलाई गत भन्न सक्ने सामर्थ्य मान्छेले गुमाएको छ। यदि गलतलाई गतल भन्ने सामर्थ्य राखिएन भने दुर्भाग्यको निरन्तरता कहिल्यै सकिँदैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here