भारतमा पछिल्लो चौबीस घण्टामा ९१ हजार ७०२ जना सङ्क्रमित थपिए

76

काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा ९१ ह्जार ७०२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९१ लख ७४ हजार ८२३ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक लाख ३४ हजार ५८० सङ्क्रमित कोरोनामुक्त भएका छन् । भारतमा हालसम्म दुई करोड ७७ लाख ९० हजार ७३ सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

शुक्रबार एकैदिन तीन हजार ४०३ सङ्क्रमितको मृत्यु भएको छ । यसअघि बिहीबार एकैदिन छ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको थियो । बिहीबार दर्ता गरिएको मृतकको सङ्ख्या कोरोना महामारी सुरु भए यताकै सबैभन्दा बढी थियो ।

हाल भारतमा ११ लाख २१ हजार ६७१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । भारतमा हालसम्म २४ करोड ६० लाख ८५ हजार ६४९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here