युराेकपकाे पहिलाे खेलमा टर्कीले इटालीलाई हरायाे

149

काठमाडौं । युरोकप फुटबलको १६औँं संस्करणको उद्घाटन खेलमा शानदार जित निकाल्दै इटालीले औपचारिक रूपमै उपाधि दावेदारी प्रस्तुत गरेको छ । घरेलु शहर रोममा भएको खेलमा इटालीले टर्कीविरुद्ध ३–०को जित निकाल्यो । योसँगै एक पल्ट युरोकप उपाधि उचालेको इटालीले औपचारिक रूपमै उपाधि दावेदारी प्रस्तुत गरेको हो ।

आक्रामक खेलेको इटालीले फाउल पनि टर्कीभन्दा कम गर्‍यो । बल पोसेसन ६१ प्रतिशत राख्यो । अफसाईड टर्कीभन्दा बढी गरेपनि प्रदर्शन समग्रमा हेर्नलायक रह्यो ।

युरोको इतिहास पल्टाउँदा स्पेनले सबै भन्दा धेरै ३ पल्ट उपाधि जितेको छ । जर्मनीले पनि ३ पल्ट उपाधि जितेको छ तर, पश्चिम जर्मनीसहित । फ्रान्सले दुई पटक युरोको उपाधि जितेको छ भने इटाली, सोभियत संघ, चेक गणतन्त्र, डेनमार्क, ग्रिस, नेदरल्याण्ड्स र पोर्चुगलले एक–एक पल्ट उपाधि उचालेका छन् ।

यो पल्ट इटालीका समर्थक खेलाडीहरूलाई लिएर बढी उत्साही छन् । इटालीको टोलीमा ३० वर्ष उमेर सेरोफेरोका खेलाडीको वर्चस्व छ । पाका खेलाडीले भरिएको इटालीले अवसर खेर फाल्दैन भन्ने धेरैको विश्वास छ ।

इटालीको रक्षापंक्ती युभेन्टसका हस्तीहरूले भरिएको छ । जहाँ, ३७ वर्षीय जर्जिओ चिलिनी, ३४ वर्षीय लिओनार्डो बोनुची, ३० वर्षीय अलेसान्द्रो फलोरेन्जी छन् । रक्षा पङ्क्तिमै एएस रोमाबाट २८ वर्षीय लिओनार्दो स्पिनाझोला समेत छन् ।

गोलरक्षक भने एसीमिलानका २३ वर्षीय जियानलुइगी डोनारुम्मा छन् । इटालीको मध्यपंक्ति पनि मजबुत छ । जहाँ चेल्सीबाट व्यावसायिक फुटबल खेल्ने ३० वर्षीय जर्जिन्हो, इन्टरमिलानका २५ वर्षीय निकोलो बारेला जस्ता खेलाडी छन् ।

यस्तै, अग्रपङ्क्तिमा लाजियोका ३१ वर्षीय सिरो इमोबाइल, नापोलीका ३० वर्षीय लोरेन्जो इन्सिग्ने र सासुओलोका २९ वार्षीय डोमिनिको बेरार्डी छन् । रक्षा, मध्य र अग्रपङ्क्तिका खेलाडी उस्ता उस्तै उमेर समूहका छन् । तेस्रो संस्करणको उपाधि जितेको इटालीलाई इतिहास दोहोर्‍याउने अवसर छ । यो पल्ट उद्घाटन खेलमै एउटा ऐतिहासिक घटना भएको छ । युरोको इतिहासमै पहिलो पल्ट आत्मघाती गोल भयो, त्यो उपहार इटालीले पाएको छ ।

युरोको इतिहास

युरोकपले १५ संस्करण पूरा गरिसकेको छ । युरोको शुभारम्भ सन् १९६० मा फ्रान्सबाट भएको हो । पहिलो संस्करणमा युगोस्लाभियालाई २–१ ले हराउँदै सोभियत सङ्घले उपाधि जितेको थियो ।

सन् २०१६ मा समेत युरोकप फ्रान्समै आयोजना भयो । यो युरोकपको उपाधि भने पोर्चुगलले जित्यो । फ्रान्सलाई पोर्चुगलले १–० गोल अन्तरले हराएर उपाधि रक्षा गरेको थियो । फ्रान्सबाट सुरु भएको युरोकपको दोस्रो संस्करण स्पेनमा आयोजना भएको थियो । जहाँ सहभागी राष्ट्रको सङ्ख्या २९ पारिएको थियो । आयोजक स्पेनले पूर्व विजेता सोभियत सङ्घलाई २–१ ले हराउँदै पहिलो पल्ट उपाधि उचाल्यो ।

सन् १९७२ मा युरोकपको आयोजना बेल्जियमले गरेको थियो । यसै प्रतियोगिताबाट जर्मनी एक पावर हाउसका रूपमा विश्व सामु चिनियो । जर्मनीले युरो मात्र जितेन, यसैको दुई वर्ष पछि आयोजना भएको विश्वकपको समेत उपाधि जित्यो ।

सन् १९७६ मा फाइनल खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । आयोजक युगोस्लाभियाले वेस्ट जर्मनीलाई ५–३ ले हरायो । अचम्म के भयो भने, १९९० को संस्करणमा मात्र ८ टोली मात्रै सहभागी भए । जम्मा दुई समूहले खेले ।

त्यस बखत समूह विजेताले फाइनलमा स्थान बनाए भने दोस्रो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नु पर्ने नियम राखिएको थियो । यो संस्करण बेल्जियमलाई हराउँदै पश्चिम जर्मनीले जित्यो । जुन, उसका लागि दोस्रो उपाधि थियो । त्यसपछिका तीन संस्करण समेत एउटै विधिले आयोजना गरिए । जहाँ फ्रान्स, नेदरल्यान्ड्स र डेनमार्कले उपाधि जिते ।

सन् २००४ को युरोकप आयोजना गरेको पोर्चुगल पहिलो पटक फाइनमा पुग्यो । तर, उपाधि ग्रिसले हत्यायो । पोर्चुगलले १–० ले मात्रै उपाधि गुमाउनु परेको थियो, आफ्नै मुलुकमा भएको प्रतियोगितामा ।

२००८ को युरोमा स्पेनले जर्मनीलाई हराएर उपाधि जित्यो । स्पेनले २०१२ मा पोल्याण्ड र युक्रेनमा आयोजना भएको युरोको पनि उपाधि जित्यो । स्पेनले इटालीलाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि हत्याएको थियो । यसरी लगातार दुई उपाधि जितेको स्पेन अहिले पनि युरो इतिहासमा सबै भन्दा बढी उपाधि जित्ने राष्ट्रको पहिलो नम्बरमा छ ।

अघिल्लो संस्करणले २४ राष्ट्र सहभागी हुने नियम बसायो । २०१६ मा फ्रान्सले आयोजना गरेको युरोकप उपाधि भने पोर्चुगलले जित्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here