आज तीन हजार ९९४ कोरोनामुक्त, ४६ को मृत्यु

72

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ६९४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख आठ हजार ४७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै नेपालमा हाल ६८ हजार ९५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ९९४ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ४६ जना सङ्क्रतिको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा मृत्यु हुनेको सङ्ख्या आठ हजार ४१२ पुगेको छ ।
नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here