काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् ।
मन्त्रिपरिषद् १५ पुस २०७६ को बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित कार्ययोजना कोरोना नियन्त्रणका लागि जारी लकडाउनपछि ओझेल परेको छ ।
सरकारले ११ चैत २०७६ मा पहिलोपटक लकडाउन गरेको थियो । यो वर्ष पुनः निषेधाज्ञा जारी छ । अघिल्लो वर्षको लकडाउनदेखि नै कार्ययोजना प्रभावित बन्न पुगेको हो ।
कार्ययोजनामा ३७ विषय उच्च प्राथमिकतामा राख्दै ‘कुन निकायले कुन काम कहिलेसम्म गर्ने ?’ भनेर किटान गरिएको छ । कार्ययोजनाअनुसार काम गर्ने समयसीमा भने नाघिसकेको छ ।
कार्ययोजनामा पेट्रोल पम्प सार्ने, ट्राफिक बत्ती मर्मत तथा नयाँ जडान, पेडेस्ट्रिअन लाइट, खाल्टाखुल्टी पुर्ने, कोटेश्वरको जाम हटाउन विकल्प खोजिने, नदी कोरिडोर निर्माणलाई तीव्रता दिने, होर्डिङ बोर्ड र पोल हटाउनेछन् ।
त्यस्तै, सार्वजनिक सवारीसाधनमा पिक एन्ड ड्रप प्रणाली लागू गर्ने, युटर्न गर्न नदिने, वान वे बढाउने, फुटपाथ व्यवस्थापन, रेलिङ निर्माण, जेब्राक्रस मर्मत तथा नयाँ निर्माण, सडक लेन मार्किङ, सीसीटिभी तथा मोबाइल सीसी क्यामेरा जडान तथा मर्मत, ओभर हेड ब्रिज निर्माणलगायत विषय कार्ययोजनामा समेटिएका छन् ।
सरकारले कार्ययोजना अघि सारेपछि नया“ बानेश्वर, माइतीघरलगायत स्थानमा ओभरहेड ब्रिज निर्माण भएको छ । कोटेश्वरको जाम हटाउन विकल्पका लागि सर्भिस लेन बनाउने काम जारी छ ।
कार्ययोजनाअनुसार समयमै सर्भिस लेन सम्पन्न नभए पनि सडक विस्तार कार्य जारी छ । कार्ययोजना सार्वजनिकलगत्तै खाल्टाखुल्टी पुर्ने कामले निरन्तरता पाउँदै आएको छ ।
उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्ती व्यवस्थापन भएको छ । तर, नयाँ जडान, नियमित मर्मत सम्भारलगायतका काम भने सुस्ताएका छन् । राजधानीबाट


















