डिफेण्डर रोहित चन्द जाकार्ता फर्किए

88

काठमाडौं । इण्डोनेसियामा व्यवसायिक फुटबल खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका डिफेण्डर रोहित चन्द विश्वकप र एसिया कप छनोटका खेलहरु सकिएसँगै जाकार्ता फर्किएका छन् ।

नेपालले कुवेतमा विश्वकप र एसियन कप छनोटका तीन खेल खेलेको थियो । नेपाली टिम हिजो स्वदेश फर्किसकेको छ ।

इण्डोनेसियाको शीर्ष डिभिजन लिग वान टिम पर्सिजा जाकार्ताबाट खेलिरहेका रोहित नयाँ प्रशिक्षकले बोलाएपछि जाकार्ता पुगेका हुन् ।पर्सिजाले हालै मात्र इटलीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय टोलीका सहायक प्रशिक्षक भइसकेका एंगेलो एलेस्सियोलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । उनी इंग्लिस क्लब चेल्सीका समेत सहायक प्रशिक्षक हुन् । एलेस्सियोले सन् २०११ देखि २०१४ सम्म युभेन्टसको सहायक प्रशिक्षकको जिम्मेबारी लिएका थिए । २०१४ देखि २०१६ सम्म इटली राष्ट्रिय टोलीको जिम्मेबारी संहालेर त्यसपछिको २ वर्ष चेल्सीको सहायक प्रशिक्षक बने ।

लिग वान जुलाईदेखि गर्ने भनिए पनि मिति तोकिएको छैन । नयाँ प्रशिक्षकले क्लबका स्वदेशी÷विदेशी सबै खेलाडीलाई भेट्न चाहेको हुनाले रोहित उतैबाट गएको हो,’ रोहितका दाइ रोविन चन्दले भने, ‘यसै पनि नेपालमा केहि गतिविधि तत्काल हुने छैन । उता भयो भने टिमको साथमा नियमित प्रशिक्षण पनि हुन्छ ।’

लामो समयदेखि लिग वान खेलिरहेका रोहितको पर्सिजासँगको सम्झौता आगामी डिसेम्बरसम्म छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here