राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

112

काठमाडौं । विश्वकप तथा एसियन कप छनोट खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राति स्वदेश फर्किएको छ। नेपाली टोली कतार एयरवेजको उडानमार्फत गएराति पौने नौ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राईले जनाकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेलाडीलाई अखिल नेपाल फुटबल एन्फाका पदाधिकारीले स्वागत गरेका थिए। विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेलेका तीन खेलमध्ये चाइनिज ताइपेईलाई हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग पराजित भएको थियो।

विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एसियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी छ। गत जेठ ११ गते खेलाडीसहित ३५ जनाको टोली इराक हुँदै कुवेत गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here