युरो कपमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ गोलले हरायाे

133

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘सी’को दोस्रो खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ गोलले पराजित गरेको छ।

नेदरल्याण्ड्सको राजधानी आमस्टरड्याममा भएको सो खेल निकै नै रोमाञ्चक भएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलको दोस्रो हाफमा ५ गोल भयो।

 

कप्तान जर्जिनियो वाइनाल्डमले खेलको ५२औं मिनेटमा गोल गरेर नेदरल्याण्ड्सलाई अग्रता दिलाए। त्यसको ६ मिनेट पश्चात नेदरल्याण्ड्सले स्ट्राइकर वाउट वेर्घोस्ट मार्फत अग्रता दोब्बर बनायो।

त्यसपछि युक्रेनले ५ मिनेटको अन्तरालमा दुई गोल फर्कायो । खेलको ७५औं मिनेटमा कप्तान आन्ड्री यार्मोलेनकोले गोल गरे भने ७९औं मिनेटमा रोमन यारेम्चुकले खेल बराबरीमा पुर्याए।

खेलको ८५औं मिनेटमा नेदरल्याण्ड्सले खेलमा पुनः अग्रता लिन सफल भयो। फुल्ब्याक डेन्जेल डमफ्राइजले गोल गर्दा नेदरल्याण्ड्सले खेल ३-२ गोलले आफ्नो पक्षमा पार्न सफल भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here