कामीरिता शेर्पालाई गिनिज वर्ल्ड रेकर्डस दुई विश्व किर्तिमानको प्रमाणपत्र

108

काठमाडाैं । नेपालका किर्तिमान आरोही कामीरिता शेर्पालाई गिनिज वर्ल्ड रेकर्डसले २ वटा विश्व किर्तिमानको प्रमाणपत्र प्राप्त गरेका छन् ।

उनलाई यसै वर्षको मे ७ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा २५ पटक आरोहण गरी व्यक्तिगत रुपमा सबैभन्दा धेरै सगरमाथा आरोहण गरेको प्रमाणपत्र प्रदान गरिएको हाे । यसैगरी आरोही शेर्पा ८ हजारमिटर भन्दा बढीको उचाईका हिमालमा ३८ पटक पुगेकोमा पनि विश्व किर्तिमानको अर्को प्रमाणपत्र पनि प्रदान गरिएको छ।

उनले सन १९९४ देखि यस वर्ष समेत गरी ३८ पटक आठ हजार मिटर भन्दा बढी उचाँईका हिमालमा आरोहण गरेका थिए। यस अघि पनि उनले विभिन्न पटक विश्व किर्तिमानको प्रमाणपत्र पाईसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here