कोपा अमेरिका प्रतियाेगितामा चिली र अर्जेन्टिना बराबरी खेल्याे

187

काठमाडौं । केही दिन अघि विश्वकप छनोटमा चिलीसँग रोकिएको अर्जेन्टिना कोपा अमेरिकमा पनि फेरि रोकिएको छ । नेपाली समय अनुसार आज बिहान सकिएको ग्रुप बीको खेलमा चिलीले अर्जेन्टिनालाई बराबरीमा रोेकेको हो ।

पहिलो हाफको ३३ औं मिनेटमा कप्तान लियोनेल मेसीले फ्रिकमा सानदार गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर ५७ मिनेटमा चिलीले बराबरी गोल फर्कायो । भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनी गोलकिपरले रोक्न सफल भयाे । तर, भर्गासले रिबाउन्ड बललाई जाली चुमाउँदै बराबरी गोल फर्काए । त्यसपछि अर्जेन्टिनाले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेन ।
समूह बीको पहिलो खेलमा नै अर्जेन्टिनाले बराबरी खेलेपछि दबाबमा परेको छ । आजै बिहान सकिएको अर्को खेलमा पाराग्वेले बाेलिभियालाई ३–१ गोलले पराजित गरी तीन अंक जोडेर पहिलो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here