नेप्सेमा सामान्य अंकको गिरावट

80

काठमाडौं । असार महिनाको पहिलो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार नेप्से ३.७२ अंकले घटेर ३ हजार २२ दशमलव १० विन्दुमा थामिएको हो । आज सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेर ५५० दशमलव २६ विन्दुमा पुगेको छ ।

नेप्से सुचक अनुसार आज २२६ कम्पनीको १ लाख ६४ हजार ७९० पटक कारोबार भएर १६ अर्ब ५२ लाख रुपैयाँ बराबरको ३ करोड बढीको शेयर खरिद विक्रि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here