काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापीलरबीच आज भेटवार्ता भएको छ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिए।
स्वीजरल्याण्ड सरकारले नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो। राजदूत क्यापीलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको जनाइन्।


















