नेपाल एशिया कप छनाैटकाे तेस्राे चरणमा

66

काठमाडौं । नेपाल एसियाली कप छनोटको तेस्रो चरणमा प्रबेश गरेको छ । एशियाली फुटबल महासंघ(एएफसी)ले छनोट प्रकृयामा परिमार्जन गरेपछि नेपालले एएफसी एसियन कप छनोटको प्ले अफ खेल्न नपर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार एशियाली छनोट अन्तगर्त दोस्रो चरणको प्रारम्भिक राउन्डमा अन्तिम स्थानमा रहेकोले तेस्रो चरणमा प्रबेश पाएको जनाएको छ । नेपालले फिफा विश्वकप फुटबल २०२२ र एशियाली छनोटमा समूह बीको चौथो स्थानमा रह्यो । अष्ट्रेलिया, कुवेत र जोर्डनपछि नेपाल चौथो स्थानमा रह्यो भने चाइनिज ताईपेइ प्रतियोगिताको एउटै खेल जित्न नपाई पूछारमा चित्त बुझायो ।

एएफसीको परिमार्जित मापदण्ड बमोजिम दोस्रो चरणको छनोटसम्म दोस्रो स्थानमा रहेको सबैभन्दा कमजोर तीन टोलि, तेस्रो र चौथो स्थानमा रहेको सबै आठ टोलि र पाँचौं स्थानमा रहेको तीन उत्कृष्ट टोलि चीनमा आयोजना हुने एफसी एशिया कप २०२३ को तेस्रो चरणको छनोटका लागि योग्य भएको जनाएको छ । एशिया कप छनोटको तेस्रो तथा अन्तिम चरणमा २४ टोलिले स्पर्धा गर्नेछ ।

पाँचौं स्थानमा सबैभन्दा कमजोर रहेको इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताईपेइ र गुआमले भने प्ले अफ खेल्नुपर्नेछ । नेपालले विश्वकप फुटबल २०२२ र एशिया कप छनोट खेलमा समूह बी मा रहेको थियो । उक्त समुहमा नेपालले छ खेलमा हार बेहोरेको थियो । दुई खेलमा जित हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here