यस्ताे रहेकाे छ संसारकै ठूलो हीरा

219

एजेन्सी । विश्वकै ठूलो हीरा सन् १९०५ मा अफ्रिकामा फेला परेको थियो । हीरा उत्खननको दायरा विश्वभर बढेपनि ११६ वर्षयता किर्तिमान भंग हुन सकेको छैन ।

कुलिनान डायमण्ड नाम दिइएको यो हीरा ६२१.३५ ग्रामको छ । दक्षिण अफ्रिकाको कुलिनान खानीमा भेटिएको हीरा उक्त खानीका प्रमुखको नाममै राखियो । थोमस कुलिनानको नाममा यो हीराको नाम राखियो ।

सन् १९०५ मा बेलायतमा हीरा विक्रीका लागि राखियो । तर, दुईवर्षसम्म कसैले खरिद गरेनन् । सन् १९०७ मा ट्रान्सभाल कोलोनी सरकारले हीरा खरिद गर्यो । बेलायतका राजा एडवार्ड सातौं सामु पेश गरेको थियो ।

हीरालाई जोसेफ एसर एन्ड कम्पनीले काटेको थियो । नौं टुक्रा पारिएको हीरा बेलायतको राजपरिवारको सदस्यले समेत लिएका थिए । सबैभन्दा ठूलो टुक्रा हीरा बेलायतको राजमुकुटमा राखिएको छ । बेलायतको राजा या रानीले राज्यभिषेकमा यो मुकुट पहिरिने गर्छन् ।

कुलिननको दोस्रो ठूलो टुक्रा बेलायतको अर्को राजमुकुटमा प्रयोग गरिएको छ । उक्त मुकुट बेलायतको सार्वभौमसत्ताको प्रतिक हो ।

बाँकी सात टुक्रा एजिलावेथ द्वितीयले आफ्नी हजुरआमा रानी मेरीबाट प्राप्त गरी निजी रुपमा राखेकी छिन् ।

कुलिनान हीरा पृथ्वीको ४१० देखि ६६० किलोमिटर मुनी बनेको अनुमान गरिएको छ । पृथ्वीको सतह नजिक एक अर्ब १८ करोड वर्ष अघि आइपुगेको अनुमान छ । यो अफ्रिकामा ५.५ मिटर भित्र उत्खनन गरिएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here