लागूऔषध गाँजा सहित तीन पक्राउ

126

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-११ थानाभर्या ङस्थित सडकबाट ना.१ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको १ सय ४३ किलोग्राम ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ सिगार्से बस्ने २८ वर्षीय सनक बहादुर तामाङ, गाडीका सह-चालक सोही नगरपालिका-८ मानेश्वारा बस्ने २४ वर्षीय सोमे तामाङ र गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका-१ गल्छराङ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनर गाडीमा लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा चालक बस्ने सिट पछाडि फल्स बटम बनाई १२ वटा पोकामा लुकाइ ल्याएको उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी गाँजा र गाडी सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here