निषेधाज्ञा मात्रै जारी राख्दा जनतालाई हातमुख जोर्न गाह्रो

79

काठमाडौं । नेपाली कांग्रेसले निषेधाज्ञाको विरोध गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप ल्याउने र जनताका उपचारमा ध्यान दिनेभन्दा निषेधाज्ञा मात्रै जारी राख्दा जनतालाई हातमुख जोर्न गाह्रो भएको कांग्रेसको भनाइ छ।

केन्द्रीय समिति बैठक चल्दै गर्दा आज अपरान्ह सहमहामन्त्री प्रकाशशरण महतले पत्रकारहरूसँग निषेधाज्ञालाई सरकारले रक्षा कबजका रूपमा प्रयोग गरिरहेको जनाए ।

‘कोरोना संक्रमण छ। उपचार र रोकथामको कुनै प्रवन्ध उहाँहरूले गर्नुभएन। गरेको भए लकडाउन गर्नुपर्ने नै थिएन,’ उनले भने, ‘लकडाउनका बेला नागरिकहरू जति नै असन्तुष्ट भए पनि सडकमा निस्कने अवस्था छैन।उ उहाँहरूलेआफ्नो सत्ता जोगाउने कबजका रूपमा लकडाउनलाई लिनुभयो।’ उनले कोरोना संक्रमणबाट सरकार दु:खी हुनुपर्नेमा सत्ता सुरक्षित भयो भन्ने सरकारले ठानेको पनि जनाए ।

‘संक्रमणबाट दु:खी हुनुपर्ने ठाउँमा सत्तामा सुरक्षित भयौं, कोही विरोधमा उत्रँदैन भनेर उहाँहरू सहज महशुस गरिरहनु भएको छ। जनता उपचार नपाएर र भोकै पनि बसिरहेका छन्,’ महतले भने, ‘जनता आहातमा छन्। हातमुख जोर्न पनि गाह्रो भइरहेको छ।

जनता आहतमा छन् सरकार राहत महशुस गर्दैछ।’ उनले केन्द्रीय समिति बैठक जारी रहेको र महाधिवेशन मुख्य एजेन्डा भएको जनाए । भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्तावमाथि छलफल जारी रहेको उनको धारणा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here