निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधन कारवाही

324

काठमाडौं ।  निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय २६ वटा गाडी र २ हजार ८६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय १६ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५६ हजार ५ सय ८७ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २ सय ९ जनालाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा २२ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा १ हजार ८ सय ६४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५१ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ३ सय ५२ जनालाई सचेत गराइएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

अवैध लागूऔषध सहित पक्राउ

झापा, मेचीनगर नगरपालिका(६ शान्तिनगर टोलबाट २२ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित सोही नगरपालिका(६ शान्ति टोल बस्ने ३४ वर्षीय पबन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लुकाई ल्याएको ५४ क्युफिट काठ सहित २ जना पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका(११ तिनताप्केस्थित सडकबाट प्रदेश ३(०३(००१ ख ०१३२ नम्बरको मिनिटाटा गाडीमा लुकाई ल्याएको ५४ क्युफिट अबैध सालको काठ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गाडी चालक हेटौंडा उपमहानगरपालिका(११ स्मारक बस्ने २३ वर्षीय सुखराम रुम्बा र सोही उपमहानगरपालिका(१३ बस्ने २४ वर्षीय दिपेश लामा रहेका छन् ।

बसामाडीबाट पदमपोखरीतर्फ जाँदै गरेको उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा लुकाई ल्याएको उक्त काठ फेला पारी गाडीका चालक सुखराम र सो काठ ओसार(पसारमा संलग्न सोही गाडीको पछाडि ना।५२ प ८८०९ नम्बरको मोटरसाइकलमा आएका दिपेशलाई उक्त काठ, गाडी र मोटरसाइकल सहित पक्राउ गरेको हो । उनीहरुलाई आवश्ययक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत अवस्थामा फेला

काठमाडौँ स् नागार्जुन नगरपालिका(१ रानिवनस्थित मानव सेवा आश्रममा बस्दै आएका एकिन नाम, थर, वतन नखुलेका मकवानपुर हेटौंडा घर बताउने २८ वर्षीय मदन श्रेष्ठा नाम गरेका पुरुष ओछ्याकनमा सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।  भरतपुर महानगरपालिका नगर वनस्थित नारायणी नदीको बिच टाँपुमा नदीले बगाई ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेकी महिलाको शव बिहीबार सडिगलेको अवस्थामा फेला परेको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका(३ पिप्रहवा अज्मघाटस्थित तिनाउ खोला किनारमा हाल नाम, थर ,वतन नखुलेकी करिब ४० वर्षीया महिलाको शव सडिगलेको अवस्थामा बिहीबार फेला परेको छ । नवलपरासीको गैँडाकोट नगरपालिका(७ स्थित नारायाणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

डुबेर मृत्यु

बर्दिया, बारबर्दिया नगरपालिका(४ बस्ने महेश थारुको छोरा १६ वर्षीय उत्तम थारुको घरबाट करिब ५ सय मिटर टाढा पानीको कुलोमा डुबेर बिहीबार मृत्यु भएको छ । बुधबार घरबाट भैँसी चराउन गएकोमा घर फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त कुलोमा उनको शव फेला परेको हो ।झापाको गौरादह नगरपालिका(९ बस्ने ५२ वर्षीय दिल बहादुर गिरी आफ्नै घर नजिक नहरमा डुबेर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

भीरबाट लडेर मृत्यु

सोलुखुम्बु, लिखुपिके गाउँपालिका(२ खिमदेबु भिरबाट लडेर सोही ठाउँ बस्ने ६२ वर्षीय भैरव कुमार बस्नेतको बिहीबार बिहान मृत्यु भएको छ । घाँस काटने क्रममा उक्त भिरबाट करिब १५ मिटर तल खसेर उनको मृत्यु भएको थाहा हुन आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here