काठमाडौं – चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएपछि सरकारले सतर्कता अपनाउन थालेको छ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले महोत्सव, सभा समारोह जस्ता भीडभाड हुने कार्य नगर्न आह्वान गरेको हो।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर तत्कालका लागि ठूला सभा, सम्मेलन, भोजभतेरसहितका कार्यक्रम नगर्न आह्वान गरेका छन्।
‘कोरोनाको जोखिम कम गर्न केही समयका लागि महोत्सव, सभा-समारोह जस्ता भिडभाड हुने कार्यक्रम नगर्न आमसर्वसाधारण र आयोजकहरुलाई आह्वान गर्दैछौँ’, ढकालले भने, ‘अफ्ठ्यारो अवस्थामा आएमा अन्तर्राष्ट्रिय हवाई उडान पनि रोकिनेछ।’
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलन हुँदै भित्रिने सबैको यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने तयारी सरकार रहेको उनले जनाए । अहिले त्रिभुवन विमानस्थलमा ६ वटा थरमल स्क्रयानर राखिएको उनले बताए । ‘केही समय एयर्पोट पूरै बन्द गर्ने कि भन्नेबारे पनि छलफल भइरहेको छ’, उनले भने, ‘तर यसबारेमा निचोडमा पुगिसकेका छैनौँ।’


















