काठमाडौं । नेवाः विद्यार्थी युनियनको आयोजनामा अहिलेको वर्तमान अवस्थामा मातृभाषा शिक्षा (नेपाल भाषा) काे महत्व व आवश्यकताबारे जुम अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
जेष्ठ २९ गते शनिवार भएकाे अन्तरकृया कार्यक्रममा नेवाः बस्ती नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधरले अहिलेको वर्तमान परिपेक्ष्यमा आजका बालबालिकाहरुलाई स्कुलहरुमा किन नेपाल भाषाबाट पठनपाठन गराउनु पर्ने बारेमा आफ्नो धारणा राखे ।
उनले सो कार्यक्रममा नेवाः विद्र्याथी युनियनको पहलमा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेपाल भाषा अभियान सञ्चालन भइरहेको सम्पूर्ण नेवार समुदायका लागि महत्वपूर्ण, ऐतिहासिक कार्य भएको जनाए ।
साथै कार्यक्रममा पद्यम कन्या बहुमुखी क्याम्पस उपप्राध्यापक मदन बज्र्राचायले नेपाल भाषा नेपालको इतिहाससँग सम्बन्धित तथा सांस्कृतिक महत्व रहेको जनाउदै नेपालभाषा संरक्षण, सम्बद्धन, प्रर्वद्धन गर्नु सबैको कर्तव्य रहेको जनाए ।
साे कार्यक्रममा नेपालभाषा शिक्षकशिक्षिका, विध्याथी करिव ३२ जनाले सहभागिता जनाएकाे कार्यक्रममा नेपालभाषा विषयमा देखिएकाे समस्या तथा समाधानका बारेमा गम्भीर बहस भएकाे थियाे ।
















