काठमाडौं । सातको पहिलो दिन सेयर करोबार मापक नेप्सेमा पहिरो गएको छ । अधिकांश कम्पनीको सूचक राताम्मै हुँदा त्यसको सोझो असर समग्र नेप्सेमा परेको देखिएको हो ।
आज नेप्से ६३ दशमलब ११ अंकले घटेर समग्रमा २ हजार ९ सय ५ दशमलब ३२ बिन्दुमा कायम भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि १२ दशमलब ५७ अंकले घटेर ५ सय २८ दशमलब ५५ बिन्दुमा पुगेको छ ।
निरन्तर उकालो लागेको सेयरबजारमा आईतबार करेक्सन आएको र सेयर बजार अझ बढ्ने जानकारहरुको भनाई रहेको छ ।
कूल सूचिकृतमध्ये २३१ कम्पनीको कारोबार भएको आजको बजारमा ५ वटामात्र कम्पनीको सूचक बढेको छ भने १७५ कम्पनीको सूचक घटेको छ । त्यस्तै तीन कम्पनीको सूचकमा कूनै पनि परवर्तन नभएको नेप्सेले जनाएको छ ।
आजको बजारमा करिब ११ अर्ब ८२ करोड रुपैंयाँ बराबरका २ लाख ७३ हजार कित्ता सेयर किनबेच भएका छन ।
आज सबैभन्दा बढी गोर्खा फाईनान्सले कमाएको छ भने यूनियन हाईड्रो सबैभन्दा बढी गुमाउनेमा परेको छ ।
















