यूरो २०२० : समुहमा तेस्रो हुँदैमा प्रतियोगिताबाट बाहिरिदैन टोली यस्ताे छ नियम

112

काठमाडाैं । यूरो २०२० मा यतिबेला समूह चरणका अन्तिम खेलहरु भइरहेका छन् । समूह ‘ए’ का समूह चरणका सबै खेलहरु भइसकेका छन् ।

सो समूहबाट पहिलो र दोस्रो हुँदै क्रमशः इटाली र वेल्सले अर्को चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् । त्यस्तै बेल्जियम र नेदरल्याण्डले पनि समूह चरणको अन्तिम खेलअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।

अन्तिम १६ मध्ये अझै पनि १२ स्थान रिक्त रहेका छन् । धेरै महारथी टोलीहरू अझै पनि समूह चरण पार गर्नका लागि संघर्षरत छन् । इङ्ल्याण्ड र स्पेनले आफ्नो समूहबाट अर्को चरणको यात्रा पक्का गर्न अझै बाँकी रहेको छ । ग्रुप अफ डेथ भनिएको समूह एफमा पोर्चुगल, फ्रान्स र जर्मनी अझै मैदानमा छन् ।

समुह चरणको खेलपछि कुन कुन टीम अर्को चरणमा पुग्छन् ? यसका लागि मापदण्डहरु के–के छन् । एक पटक बुझौँ ।

अहिले स्तो देखिन्छ, यूरो २०२० को समूह चरणको अवस्था ।

यूरो २०२० मा ६ वटा समूहहरु रहेका छन् । हरेक समुहमा चारवटा टोली रहेका छन् । सबै समूहका विजेता र उपविजेता स्वतः अन्तिम १६ का लागि छनोट हुने छन् । बाँकी चार स्थान भर्ने ६ वटा समुहमा तेस्रो स्थानमा पर्ने टोलीमध्ये चार उत्कृष्ट टोलीले भर्ने छन् ।

यसरी समूहको विजेता/उपविजेता चयन गरिन्छ ?

यूरो २०२० मा समुह चरणमा सबैभन्दा बढी अंक बटुल्ने दुई टोली नकआउट चरणमा प्रवेश पाउँछन् । यदी एकभन्दा बढी टोलीको अंक बराबरी छ भने हेड टु हेड रेकर्डलाई आधार मानिनेछ । यसका बावजुद दुई टोली बराबर भए भने गोल अन्तरको आधारमा स्थान तय गरिनेछ । यूरोमा बराबरी भएको खण्डमा :

१) बराबरी अंक भएका दुई टोलीबीच खेलिएको खेलमा बढी अंक बटुल्ने टोली अर्थात् हेड टु हेडको आधारमा स्थान गरिनेछ ।

२) यदी बराबरी अंक भएका दुई टोली बीचको खेल पनि बराबरी भएको खण्डमा गोल अन्तरलाई ध्यान दिइनेछ ।

३) प्रश्नमा रहेका टोलीहरूबीच भएको खेलमा गरिएको गोलको संख्या

यदी टोलीहरु अझै बराबरी छन् भने निम्न मापदण्डलाई याद गरिनेछ

१) समुह चरणका सबै खेलमा गोल अन्तर

२) समुह चरणका सबै खेलमा गरिएको गोल

३) समुह चरणका सबै खेलमा हासिल गरेको जीतको संख्या

४) पेनाल्टी सुटआउट

५) समुह चरणमा अनुशासनात्मक कम अंक (एउटा पहेँलो कार्डका लागि १ अंक, दुई पहेँलो कार्ड पाएर रातोका लागि ३ अंक, सिधै रातो कार्डका लागि ३ अंक, एउटा पहेँलो कार्ड पाएर दोस्रो सिधै रातो कार्ड पाए ४ अंक)

६) युरोपियन क्वालिफायरमा समस्टिगत वरीयताको स्थान

के यूरो २०२० को समुह चरणमा पेनाल्टी खेलाइन्छ ?

यदी समूह चरणको अन्तिम खेलमा एक आपससँग भिडिरहेका दुई टोलीको समान अंक, समान गोल संख्या, समान गोल खाएको संख्या र खेलको स्कोर पनि बराबरी भएको खण्डमा पेनाल्टी सुटआउट गरिन्छ । तर, यदी दुईभन्दा बढी टोलीको समान अंक भएको खण्डमा यो प्रयोग गरिँदैन ।

तेस्रो हुने टोलीको हालको अवस्था कस्तो छ ?

Rank Group Team MP W D L GF GA GD Points
1 A Switzerland 3 1 1 1 4 5 -1 4
2 F Portugal 2 1 0 1 5 4 1 3
3 C Austria 2 1 0 1 3 3 0 3
4 B Finland 2 1 0 1 1 1 0 3
5 E Spain 2 0 2 0 1 1 0 2
6 D Croatia 2 0 1 1 1 2 -1 1

यी मध्ये शीर्ष चार टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । तेस्रो स्थानमा हुने टोलीलाई निम्न मापदण्डको आधारमा अन्तिम चरणमा छनोट गरिन्छ :

१) अंक

२) गोलअन्तर

३) गोल गरेको

४) जीतको संख्या

५) अनुशासनबापत् कम अंक

६) युरोपियन क्वालिफायरमा समस्टिगत वरियताको स्थान

स्रोत : गोलडटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here