बाढी पहिरो प्रभावित नागरिकलाई कोरोना खोप दिने तयारी

76

काठमाडौं । सरकारले बाढी पहिरो प्रभावित नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी थालेको छ  ।

सिन्धुपाल्चोक, मनाङ लगायतका पालिकाका विस्थापित नागरिकलाई खोप लगाउने तयारी थालिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले  जनाए ।

‘सिन्धुपाल्चोक, मनाङलगायत केही पालिकाका नागरिकहरु बाढीपहिरोबाट विस्थापित भएका छन्,’ डा गौतमले भने, ‘उहाँहरु घरबारबिहीन भएका छन् । विद्यालय लगायतका ठाउँमा समूहमा बस्न बाध्य छन् । जसले गर्दा कोरोनाको जोखिममा पर्ने सम्भावना धेरै छ । त्यसैले उहाँहरुका लागि खोप दिने निर्णय भएको हो ।’

विस्थापित नागरिकहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको भन्दै डा गौतमले यकिन संख्या आएपछि १८ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई खोप दिने मिति तय हुने जनाए ।

खोपको व्यवस्थापन कसरी हुन्छ त भन्ने जिज्ञासमा डा गौतमले भने, ‘भेरोसेल खोपको केही मात्रा स्टक हुन्छ कि भन्ने हामीले अपेक्षा गरेका छौं । उक्त खोपको मात्रा बचेमा विस्थापित नागरिकलाई लगाउने भन्ने हो । तर हेरौं के हुन्छ ?’

शिक्षामन्त्री समेत रहेका श्रेष्ठले शुक्रबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सो क्रममा मन्त्री श्रेष्ठले बाढीपहिरोबाट विस्थापित नागरिकलाई प्राथमिकतामा राखेर खोप लगाउन मन्त्रीस्तरीय निर्णय भएको भन्दै तयारी थाल्न निर्देशन भएको डा गौतमले बताए । सोही निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले पनि तयारी थालेको उनको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here