यही असार २२ गतेदेखि भेरोसेल खोप लगाउने

76

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि लगाउने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई यही असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने जनाएको छ।

‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाउने मन्त्रालयको तयारी रहेको छ। गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागारिकलाई खोपको पहिलो मात्रा लगाइएको थियो। यसअघि पहिलो मात्रा लगाएकोलाई समेत दोस्रो मात्राको खोप दिइने छ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ। नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो मात्रा र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here