कोपा अमेरिकामा पेरु, ब्राजिल, इक्वेडर क्वाटरफाइनलमा

194

काठमाडौं । पेरु ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरुले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

ब्रासिलियामा भएको खेलमा पेरुको लागि आन्द्रे कारिल्लोले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल नै निर्णायक बनेको थियो । साे जितपछि पेरु समूह ‘बी’ मा ७ अंक जोड्दै उपविजेता बनेको छ । पेरुले ४ खेल मध्ये २ खेल जित्दा एक बराबरी र एक हारको नतिजा निकालेको हो ।

साथै आयोजक ब्राजिलसँग बराबरी खेल्दै इक्वेडर कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ  यसअघि नै लगातार तीन खेल जित्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको घरेलु टोली ब्राजिलले नेमारसहित मुख्य खेलाडीलाई आराम दिँदा इक्वेडरसँग बराबरीमा रोकिएको हो ।

Ecuador’s Angel Mena (C) celebrates after scoring against Brazil during the Conmebol Copa America 2021 football tournament group phase match at the Olympic Stadium in Goiania, Brazil, on June 27, 2021. (Photo by Douglas Magno / AFP)

पेड्रो लुडोभिको ओलम्पिक स्टेडियममा सोमबार बिहानै भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेलेको छ। खेलमा ब्राजिलले अग्रता लिएपनि इक्वेडरले बराबरी गोल फर्काएका थिए । ३७ औं मिनेटमा इडर मिलिटाओले एभरटनको फ्रिकिका प्राप्त बलमा हेडर गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ५३ औं मिनेटमा इक्वेडरका एन्जल मिनाले बराबरी गोल फर्काए । उनले इनर भ्यालेन्सियाको पासमा गोल गरे ।

यस बराबरीपछि ब्राजिलले ४ खेलबाट १० अंक जोड्दै समूह ‘बी’ को वजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूहमा तेस्रो बराबरी खेलेको इक्वेडर चौथो स्थानमा रहँदै क्वाटरफाइनल पुग्‍यो । इक्वेडरले ४ खेल खेल्दा ३ खेल बराबरी र एक हारबाटबाट ३ अंक जोडेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here