काठमाडाैं । हेटौडा अस्पताललाई हेटौंडा उप–महानगरपालिकाले २ वटा,बहुराष्ट्रिय कम्पनी युनिलिभरले २ वटा र हेटौँडा शिवम् सिमेन्ट एक वटा डाइलाइसिस मेसिन उपलब्ध गराएको हो ।
बिरामीहरुको अवस्थालाई मध्ये नजर गर्दै हेटौँडा अस्पतालमा हेटौँडा उपमहानगरपालिकाले थप २ वटा र रोटरी क्लबको सहयोगमा ३ वटा गरी ५ वटा मेसिन केही दिनमा नै प्राप्त हुने भएको मेयर महतले बताए ।
अस्पतालले आज तीन जना बिरामीहरुलाई डायलाइसिस सेवा उपलब्ध गराएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर महतले हेटौँडा अस्पतालको गुणस्तरीय उपचार सेवाका लागि उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्ने योजना रहेको भन्दै आगामी वर्षको नीति तथा कार्यक्रममा पनि केही सेवाहरुलाई सम्बोधन गरेको बताए ।
अस्पतालमा डायलाइसिस सेवा संचालनको सम्पूर्ण खर्च हेटौंडा उपमहानगरपालिकाले व्यहोर्ने जनाइएको छ ।

















