काठमाडौं । पेरु ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरुले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
ब्रासिलियामा भएको खेलमा पेरुको लागि आन्द्रे कारिल्लोले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल नै निर्णायक बनेको थियो । साे जितपछि पेरु समूह ‘बी’ मा ७ अंक जोड्दै उपविजेता बनेको छ । पेरुले ४ खेल मध्ये २ खेल जित्दा एक बराबरी र एक हारको नतिजा निकालेको हो ।
साथै आयोजक ब्राजिलसँग बराबरी खेल्दै इक्वेडर कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ यसअघि नै लगातार तीन खेल जित्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको घरेलु टोली ब्राजिलले नेमारसहित मुख्य खेलाडीलाई आराम दिँदा इक्वेडरसँग बराबरीमा रोकिएको हो ।

पेड्रो लुडोभिको ओलम्पिक स्टेडियममा सोमबार बिहानै भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेलेको छ। खेलमा ब्राजिलले अग्रता लिएपनि इक्वेडरले बराबरी गोल फर्काएका थिए । ३७ औं मिनेटमा इडर मिलिटाओले एभरटनको फ्रिकिका प्राप्त बलमा हेडर गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ५३ औं मिनेटमा इक्वेडरका एन्जल मिनाले बराबरी गोल फर्काए । उनले इनर भ्यालेन्सियाको पासमा गोल गरे ।


















