पारस खड्काद्वारा राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा

106

काठमाडौं / नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सर्शत फुकुवा गरेको भोलिपल्ट नै पारसले यस्तो निर्णय सार्वजनिक गरेका छन् ।

काठमाडौँमा असोज १० र ११ गते भएको क्यानको निर्वाचित साधारण सभाले चतुरबहादुर चन्दको अधयक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो । आईसीसीकै निगरानीमा भएको निर्वाचनपछि क्यानको प्रतिबन्ध खुल्ने विश्वास गरिएको थियो ।

उनने  फेसबुक पोष्टमा पारसले निलम्बन फुकुवा भएकोमा खुसी व्यक्ति गर्दै नयाँ कार्यसमितिलाई नेपालको क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम गर्न शुभकामना दिएका छन् ।

‘एउटा नयाँ शुरुवात र प्रतिबद्ध दृष्टिकोणका साथ चिजहरुलाई अगाडि बढाउने नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टीमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here