देशका विभिन्न भागमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु

78

काठमाडौं जाजरकोटकाे बारेकोट गाउँपालिका-५ घाटबजारस्थित सडकमा को.३७ प ५०३७ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया कृष्णा देवी शाहीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरी खोजी गरिरहेको छ ।

म्याग्दीकाे मंगला गाउँपालिका-२ सिमलचौर मिठौलास्थित सडकमा ग.१ ज ७६५२ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । मत्यु हुनेहरुमा बेनी नगरपालिका-५ बस्ने २० वर्षीया सबिना भण्डारी र मंगला गाउँपालिका-१ पूर्णगाउँ बस्ने १३ वर्षीय बिमल बिक रहेका छन् । उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक समेत ६ जनामध्ये २ जनाको सोही अस्पतालमा र अन्य ३ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here