नेपाली सेनालाई चार वटा उद्दार डुंगा उपहार

72
काठमडौं  । अमेरिकी सेनाले नेपाली सेनालाई चार वटा रेस्क्यु बोट (उद्दार डुंगा) उपहार दिएको छ। 
अमेरिकी राजदूताबासअन्तर्गत अफिस अफ डिफेन्स कोपरेसन (ओडीसी)का तर्फबाट डुंगा उपलब्ध भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
ओडीसीका प्रमुख मेजर माइकल पि ह्वाइटले आउट बोर्ड मोटरसहितको डुंगा बिहीबार सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायकरथी रामनाथ शर्मा (ढुंगाना)लाई हस्तान्तरण गरेका छन्।

उद्दार डंगा बाढी डुबानजस्ता जलउत्पन्न बिपद्का समयमा उद्दार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here