अफगानिस्तानलाई बघराम हवाई मैदान हस्तान्तरण

119

एजेन्सी । अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवं आतंकवादी संगठन अल–कायदाको संरचना ध्वस्त बनाउन अमेरिकाले बघराम विमानस्थलको प्रयोग गरेको थियो ।

दुई अमेरिकी सैनिक अधिकारीले उक्त विमानस्थल अफगानिस्तानको सेनालाई हस्तान्तरण गरिएको बताएका छन् । बघराम हवाई मैदान हस्तान्तरण गरेसँगै अफगानिस्तानबाट अमेरिकी सेना अब पूर्ण रुपले स्वदेश फर्कन्छ भन्ने आभास भएको छ । हवाई मैदान नै हस्तान्तरण गरेकाले अफगानिस्तानमा पछिल्लो समय तैनाथ २५०० देखि ३००० अमेरिकी सेनाले पनि अफगानिस्तान छाडिसकेको अनुमान गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता भइसक्ने बताए पनि त्योभन्दा अघि नै अमेरिकी सेना फिर्ता भएका छन् । साथै नेटो आबद्ध झण्डै सात हजार सैनिक पनि यही जुलाई ४ भित्रै स्वदेश फर्काउने गरी तयारी भइरहेको छ । अधिकांश नेटो सैनिकहरु यसै साता बिना कुनै घोषणाका साथ अफगानिस्तान छाड्दैछन् । एपीको विश्लेषणमा धेरैजसो युरोपेली मुलुकका सैनिकले साना समारोह गरी अफगानिस्तान छाडिसकेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here