एमाले नेता ढुंगेलकाे निधन

95

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिए ।

उनको मृत्यु भएको खबर पाउनासाथ अनुसन्धानका लागि प्रहरी काँडाघारी जाँदै गरेको उनले बताए ।

ओखलढुंगाका ढुंगेल २०६४ सालमा तत्कालीन नेकपा माओवादीबाट सभासद् भएका थिए ।

एमाले पोलिटब्युरो सदस्य ढुंगेल नेकपा विभाजन भएपछि एमालेमै बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here