डेनमार्कले बनाएको रेकर्ड

55

काठमाडाैं । युरोकप २०२० को क्वाटरफाइनल खेल अहिले चलिहरेको छ । यसअघि भएका दुई क्वाटरफाइनल खेलबाट स्पेन र इटाली सेमिफाइनलमा पुगिसकेका छन् ।

आजको पहिलो क्वाटरफाइनल खेलमा डेनमार्क र चेक रिपब्लिकबीच खेल भइरहेको छ ।  डेनमार्कले दुइ  गोल आफ्नो नाममा दर्ज गरिसकेको छ ।

डेनमार्कले यो युरोकपमा अहिलेसम्म ११ गोल हानिसकेको छ । एउटा प्रतियोगितामा डेनमार्कले यति धेरै गोल गरेको यो सन् १९८६ पछि पहिलो पटक हो । सन् १९८६ मा डेनमार्कले विश्वकपमा पनि १० गोल आफ्नो नाममा गरेको थियो ।

चेकसँगको आजको खेलमा थप गोल गरेमा डेनमार्कले सन् १९८६ पछि पहिलोपटक एउटै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here