युरोकपकाे चेकलाई पराजित गर्दै डेनमार्क २९ वर्षपछि सेमिफाइनलमा पुग्यो

100

काठमाडौं ।  डेनमार्क युरो च्याम्पियनसिप २०२० को सेमिफाइनलमा पुगेको छ । शनिबार राती भएको तेस्रो क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोलले हराउँदै डेनमार्क सेमिफाइनलमा पुगेको हो । डेनमार्कलाई सेमिफाइनलमा पुर्याउन थोमस डेनेली र कास्पर डल्वर्गले गोल गरे । डेनेलीले ५ औँ मिनेटमा र डल्वर्गले ४२ औँ मिनेटमा गोल गरेका हुन् ।

दोस्रो हाफको ४९ औँ मिनेटमा चेक रिपब्लिकका लागि प्याट्रिक शिकले एक गोल फर्काए । जितसँगै युरोको सेमिफाइनल पुग्ने तेस्रो टिम बन्यो डेनमार्क । डेनमार्क २९ वर्षपछि सेमिफाइनल पुगेको हो । यसअघि १९९२ मा डेनमार्क युरोको सेमिफाइनल पुगेपनि त्यसयता क्वार्टरफाइनलबाट अघि बढ्न सकेको थिएन ।

यसअघि हिजो स्पेन र इटाली सेमिफाइनल पुगेका थिए । अब चौथो तथा अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्ड र युक्रेन खेल्दैछन् । यो खेलसँगै युरो च्याम्पियनसिपको सेमीफाइनल समीकरण पूरा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here