काठमाडौं । महिला सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पछिल्लो समय देशका विभिन्न स्थानमा बालिकाहरुमाथि भएका यौन दुर्व्यवहारका घटनाको विरोधमा प्रदर्शन गरेको हो।
अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले सोमबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘पीडितलाई न्याया दे, बलात्कारीलाई फाँसी दे, यौन दुर्व्यवहार अन्त्य गर, विद्यालयमा पढ्ने छात्राहरुको सुरक्षाको ग्यारेन्टी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
मोरङको लेटाङमा कक्षा ७ मा अध्ययनरत बालिकामाथि भएको यौन दुर्व्यवहारको घटनामा संलग्न शिक्षकलाई कारबाही गर्न उनीहरुले माग गरेका छन्।


















