कुटपिटमा परेकी चिनियाँ महिला अवैध रुपमा नेपालमा बसिरहेको खुलासा

75

काठमाडौं  जाजरकोटमा राहत विवरणका विषयमा भएको विवादका कारण कुटपिटमा परेकी चिनियाँ महिला अवैध रुपमा नेपालमा बसिरहेको खुलासा भएको छ। चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ अवैधरुपमा नेपालमा बसेको पुष्टि भएसँगै सरकारले उनलाई डिपोर्ट पनि गरेको छ। अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङको प्रस्तावमा गृह मन्त्रालयले ती चिनियाँ महिलालाई डिपोर्ट गर्ने निर्णय गरेको हो।

अध्यागमन विभागले उनलाई १५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ।

गत मंसिर २० मा ती चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई पार्टीले स्पष्टीकरण पनि सोधेको थियो। जाजरकोटमा  भूकम्पबाट प्रभावितलाई राहत लिएर गएको बेला ती चिनियाँ महिलामाथि कुटपिट भएको थियो। केसीको समूहले ती चिनियाँ महिलामाथि कुटपिट गरेको आरोपपछि उनलाई पार्टीले लिखित स्पष्टीकरण नै सोधेको थियो।

केसीले भने आफ्नो स्पष्टीकरण बुझाउँदै पार्टीका नेता देव गुरुङ यस प्रकरणमा भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here