शनिबार तीन हजार ६६ निको हुदा १९ जनाको मृत्यु

59

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ५२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८३७ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चारहजार २९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार १९८ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६६ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४।३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here