यस्ताे छ अहिलेसम्म इटलीकाे अपराजित यात्रा

187

काठमाडाैं । चार पटकको विश्व विजेता इटलीले युरोकप फुटबलको उपाधि भने एकपटक मात्रै जितेको छ– सन् १९६८ मा । यतिबेला यो प्रतियोगिता इटलीमै आयोजना भएको थियो । यसपटकको संस्करणमा विभिन्न ११ शहरमा युरो कपका खेलहरु खेलाइएको छ । त्यसमध्ये इटलीको रोम एक हो ।

इटलीले आफ्ना सबै समूह चरणका खेलहरु यही नै खेल्यो । र, क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले हराउँदै इटलीले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३२ खेलसम्म पुर्याएर नयाँ इतिहास रचेको छ । सेप्टेम्बर २०१८ यता इटली अपराजित छ । सर्वाधिक लामो अपराजित यात्राको दौडमा यसअघि इटली र अर्जेन्टिना समान ३१–३१ खेलसहित तेस्रोमा थिए ।

अर्जेन्टीनाले ९० को दशकमा राखेको यो कीर्तिमानलाई इटलीले बेल्जियमविरुद्धको जीतपछि भर्खरै उछिन्यो । सर्वाधिक लामो अन्तर्राष्ट्रिय अपराजित यात्राको रेकर्ड भने ब्राजिल र स्पेनका टोलीको नाममा छ । १९९३ देखि ९६ सम्म ब्राजिल र २००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमा अपराजित रहेको रेकर्ड छ ।

लामो समय अपराजित रहने टोलीको सूची यस्तो छ : ब्राजिल (१९९३–९६ सम्म) : ३५ खेलसम्म अपराजित, स्पेन (२००७–०९) : ३५ खेलमा अपराजित,  इटली (२०१८–अहिलेस्म्म) : ३२ खेलमा अपराजित, अर्जेन्टिना (१९९१–९३) : ३१ खेलमा अपराजित, इटली (१९३५–१९३९) : ३० खेलमा अपराजित, फ्रान्स (१९९४–१९९६) : ३० खेलमा अपराजित

अल्जेरीया (२०१८– अहिलेसम्म) : २७ खेलमा अपराजित रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here