निर्देशक लक्षु गौतमको निर्देशनमा फिल्म ‘ब्ल्याक ईयर’ अर्थात् कालो दिन बन्ने भएको छ । भुकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिबारे केन्द्रित रहेर फिल्म निर्माण हुने फिल्मको प्रदर्शन मिति २०७६ बैशाख १२ गतेलाई तय गरिएको छ ।
उक्त फिल्मको छायांकन काठमाडौं र ललितपुरमा हुने निर्देशक गौतमले जनाइन् । रामेश्वर हुमागाँईले फिल्म खिच्नेछन् ।
फिल्मको प्रमुख भूमिकामा सुरेन्द्र बुढाथोकी र रश्मी शाह छन् । उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराईलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । योगेन्द्र पनेरुले निर्माण गर्ने यस फिल्मको छायांकन भाद्र १० गतेबाट सुरु हुँदैछ ।



















