काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रस्तुत तीन दस्तावेजमाथि दुई दिन छलफल हुने भएको छ ।
७ फागुनदेखि सुरु हुने महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव तयार पारेका छन्, जुन बिहीबार केन्द्रीय समितिमा पेश भएको छ ।


















