सेयरबजारमा दोहोरो अंकको गिरावट

88

काठमाडौं  । लगातार ओरालो लाग्दै आएको सेयरबजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ। कारोबार साढे चार अर्बमा सीमित हुँदा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ११।७८ अंकले घटेको हो। यससँगै नेप्से २८२२।७४ विन्दुमा ओर्लिएको छ।

आज नेप्सेमा कूल चार अर्ब ५८ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २२४ वटा कम्पनीका एक करोड ६३ हजार ६३६ कित्ता सेयर ५२ हजार ८४६ पटक खरिद(बिक्री भएका थिए।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०।०४ अंकले घटेर ५२८।४२ विन्दुमा कायम भएको छ।

नेप्सेका अनुसार आज विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९।९९ प्रतिशतका दरले कमाएका छन्। गोर्खा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६।३६ प्रतिशतका दरले गुमाएका छन्।

आज हिमालयन डिस्टिलरी लिमिटेडका सेयर सबैभन्दा धेरै ४१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा सनराइज फर्स्ट म्युचुअल फण्ड सबैभन्दा धेरै छ लाख ८५ हजार २०० कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सेयर सबैभन्दा धेरै तीन हजार २४४ पटक किनबेच भएका थिए।

आज इन्भेस्टमेन्ट, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङबाहेक सबै समूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here