काठमाडौं । अमेरिकाले चिडियाखानाका जनावरहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ।
अमेरिकाले सन्फ्रान्सिस्कोको बे एरिया चिडियाखानामा रहेका बाघ, भालु र फेरेटसलाई परीक्षणको क्रममा रहेको कोरोनाविरुद्धको खोप दिएको हो।
न्यु जर्सीस्थित फर्मा कम्पनी जोएटिसले विकास गरेको उक्त खोप चडियाखानाका दुई बाघलाई लगाउँदै खोप कार्यक्रम सुरु गरिएको हो।
जोएटिस कम्पनीले अमेरिकाको विभिन्न ७० चिडियाखाना, संरक्षण क्षेत्र, शैक्षिक संस्था र सरकारी संस्थामा रहेका जनावरहरुका लागि ११ हजार डोज खोप दिने बाताएको छ।
यद्यपि, अहिलेसम्म चिडियाखानाका कुनै पनि जनावरलाई कोरोना संक्रमण नदेखिएको चिडियाखानाको भेटेरिनरी सेवाका उपाध्यक्ष एलेक्स हर्मनले जानकारी दिए।


















