युरोकपकाे फाइनल प्रवेशका लागि इटाली र स्पेन खेल्दै

122

काठमाडौं । जारी १६औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्नेछन् । खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ । इटालीले बेल्जियमलाई क्वाटरफाइनलमा २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

इटालीले यस युरोकपमा खेलेका पाँचै खेलमा अपराजित हुदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here